अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वेलायत

गत १३ जुलाई २००८ का दिन वेलायतमा रहेका नेपाली साहित्यकारहरुले भानु जयन्तिको अवसर पारेर लण्डनको मेरीटाइम ग्रीनवीच कलेज स्थित एक भेला सम्पन्न गरेका छन् । वेलायतको लागि नेपाली राजदुत महामहिम मुरारीराज शर्मा ज्यूको प्रमुख आतिथ्य रहेको कार्यक्रममा झण्डै २ दर्जन स्रष्टाहरुले आफ्नो सिर्जनाहरु वाचन गरेका थिए । नेपालको परराष्ट्र मत्रालयबाट पाल्नुभएका बिशेष अथिति साहित्यकार प्रल्हाद प्रसाइले पनि आफ्नो सिर्जना पाठ गर्दै सुझाव र शुभकामना दिनु भएको थियो ।

सो भेलाले १९५ औ भानु जयन्ति मनाउनुको साथै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वेलायतको २३ सदसिय नयाँ कार्यसमिति पनि निर्माण गरेको छ ।कार्यसमितिको कार्यवधि २ बर्ष रहने छ ।

<b>नयाँ कार्यसमिति यस प्रकार रहेको छ:</b>

<b>अध्यक्ष -</b> हरी शिवाकोटि,
<b>उपाध्यक्ष -</b> श्रीमति निला अधिकारी,
<b>दोस्रो उपाध्यक्ष</b> - गोपीकृष्ण प्रसाइ,
<b>तेस्रो उपाध्यक्ष -</b> गणेश राइ,
<b>महासचिव -</b> विश्वास दीप तिगेला,
<b>सचिव - </b>नवराज राइ,
<b>सह-सचिव -</b> नवराज भट्टराइ,
<b>कोषाध्यक्ष - </b>विदुर सिटौला र
<b>सदस्यहरु</b>
दुत पुन,
दयाकृष्ण राइ,
टंक वनेम,
शिवजी श्रेष्ठ,
जगत नवोदित,
केदार सुनुवार,
मंजु विमली,
जया राइ,
हरी गुरुङ,
मिजास तेम्बे,
जितेन्द्र चेम्जोङ,
पोषणराज सत्याल,
योगराज राइ,
रामकृष्ण सुनुवार रहनु भएको छ ।

<b>कानुनी सल्लाहकार </b>
चण्डिका राइ

<b>सल्लाहकारहरु</b>
मिनिष्टर काउन्सिलर झविन्द्र प्रसाद अर्याल,
डा. चन्द्र गुरुङ,
धन गुरुङ (फक्स्टोन काउन्सिलर),
नरेन्द्र कडेल,
सुरेसजङ शाह,
गोपाल चिन्तन चयन हुनुभएको छ ।

<b>संस्थाको संरक्षकक</b>
वेलायतको लागि नेपाली राजदुत मुरारीराज शर्मा रहनु भएको छ ।

<b>साहित्य समाजको पदेन सल्लाहकारहरु</b>
हरिसिं थापा - अध्यक्ष नेपाली साहित्य विकास परिषद,
इश्वर चाम्लिङ - अध्यक्ष प्रवासी नेपाली साहित्य समाज (प्रभात),
विनोद न्यौपाने - अध्यक्ष नेपाली वाल साहित्य प्रवर्द्धन समाज,
मनिष श्रेष्ठ - अध्यक्ष नेपाली सांस्कृतिक केन्द्र,
किसन राइ - अध्यक्ष नेपाली कला साहित्य मंच रहनु भएको छ ।

यस अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई वेलायतका सवै साहित्यिक संघसंस्था तथा स्रष्टा र्सजकहरुको साझा मंचको रुपमा विकास गर्नुपर्ने वक्ताहरुको सुझाव रहेको थियो । नवनिर्वाचित अध्यक्ष हरि शिवाकोटिले नेपाली साहित्यको लागि काम गर्ने सबै भन्दा ठूलो यस संस्थाको विश्वका विभिन्न देशमा ४० भन्दा बढि शाखाहरु रहेको बताउनु भयो । स्रष्टा र्सजकको संख्या अनुसार वेलायतमा पर्याप्त साहित्यिक संघसंस्था रहे पनि विश्वभर छरिएका नेपाली स्रष्टाहरु संग सम्पर्क गर्ने पुलको आवश्यकता भएकोले यो संस्थाको पुनः निर्माणको कारण खुलाउनु भयो । त्यस्तैगरि नवनिर्वाचित उपाध्यक्ष गोपीकृष्ण प्रसाइले यस साहित्य समाजको प्रभावकारीता बढाउनको लागि संस्थालाई समावेसी बनाउने र वेलायतको विभिन्न ठाँउमा शाखाहरु पनि विस्तार गर्ने योजना रहेको कुरा ब्यक्त गर्नुभयो ।

वेलायत शाखाको पूर्व अध्यक्ष पोषणराज सत्यालको राजिनामालाई भेलाले तालिपिटेर स्वीकृत गरेको थियो भने अघिल्लो कार्यसमितिको योगदानको मूल्याङ्कन गर्दै धन्यवाद प्रस्ताव पारित गरेको थियो । साहित्यकार गणेश राइको सभापतित्वमा संचालित कार्यक्रमलाई विश्वास दीप तिगेलालले संचालन गर्नुभएको थियो । कार्यक्रमका सहभागिहरुलाई खाजापानीको ब्यवस्था एङ्लियन कलेज लण्डनले सहयोग गरेको थियो ।

 
© International Nepali Literature Socity, United Kingdom